Thursday, April 30, 2020

    SEE and NEB Exam updates : लकडाउन खुलेको ३ सातापछि उपकेन्द्र थपेर एसईई परीक्षा गर्न सिफारिस

    बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सकिन्छ : कार्यदल

    काठमाडौँ — लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

    शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो ।

    READ ALSO:

    SEE, Class (6-8) Online Education Learning Materials

    ""A total of 482,219 students were sitting for SEE examination this year in 1,995 examination centers across the country."

    एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । कार्यदलका संयोजक पौडेलले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।

    देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुसँग उनले यो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय कार्यदल र मन्त्रिपरिषद्मा लगेर थप छलफल गर्ने समेत बताएका छन् ।

    FOLLOW US:

    Top NEB + 2 Colleges of Nepal



    लकडाउन खुलेर अवस्था सामान्य भएको ३ सातापछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको बोर्डका अध्यक्ष पौडेलले कान्तिपुरसित बताए । ‘सरकार, शिक्षा मन्त्रालय र प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिए जेठ अन्तिम साता वा असार पहिलो साताभित्र परीक्षा गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर परीक्षा गराउन उपकेन्द्रहरु समेत थप्नुपर्ने कार्यदलले सुझाव दिएको छ ।

    एसईई परीक्षाका लागि देशभर एक हजार ९ सय ९५ केन्द्रहरु तोकिएको छ । केन्द्र नजिकै उपकेन्द्र थप गरेर सामाजिक दुरी कायम गराउन सकिने कार्यदलको विश्वास छ । विद्यार्थीको चाप बढी हुने केन्द्रहरुमा उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले समेत निर्णय गरिसकेको छ । त्यसका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईसँग तथ्याङ्क माग गरिएको छ ।

    ‘अधिकांश विद्यार्थीलाई घरपायक परीक्षा केन्द्र बनाएर परीक्षा दिन पाउने गरि योजना बन्दैछ,’ परीक्षा नियन्त्रण कार्यालयका रामराज खकुरेलले भने । कार्यदलले वैशाख २५ गतेभित्र कक्षा १–९ को नजिता प्रकाशन गरिसक्न पनि सिफारिस गरेको छ । २५ गतेपछि विद्यालयहरुलाई सामाजिक दुरी कायम गरेर भीडभाड नगरी भर्ना प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ ।

    कक्षा ११ को परीक्षा भने अवस्था सहज भइसकेपछि गरे पनि हुने कार्यदलले जनाएको छ । ११ कक्षाको परीक्षा नभए पनि विद्यार्थी कक्षा १२ मा पढ्न पाउने हुँदा परीक्षा गर्न हतार गर्न नहुने बताइएको छ । ‘कक्षा १० र १२ परीक्षार्थीले भने घरको खाना खाएर परीक्षा दिन जान भ्याउन व्यवस्था गर्न लागिएको खकुरेलले बताए ।

    एसईई परीक्षा सञ्चालन गर्न बोर्डलाई प्रदेश सरकारले समेत अनुमति दिन अनिवार्य छ । उत्तरपुस्तिका र परीक्षा खर्च व्यवस्थापनको काम प्रदेश सरकार मातहतका सामाजिक विकास मन्त्रालयले गर्दै आएका छन् । शिक्षाकर्मी, शिक्षाविद्ले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिन सकिने सुझाव दिदैं आएका थिए । बोर्डका अध्यक्ष पौडेलको संयोजकत्वमा रहेको मन्त्रालयका उच्चअधिकारी सम्मिलित कार्यदलले भने साबिकको जस्तै परीक्षा गर्ने सुझाव दिँदै तयारी अघि बढाएको छ । परीक्षा ढिला भए पनि ४५ दिन भित्रमा नतिजा प्रकाशन गरेर शैक्षिकसत्रलाई निरन्तरता दिन सकिने कार्यदलको प्रतिवेदनको निचोड छ । लकडाउन लम्बिँदै गए उक्त समयमा परीक्षा गर्न नसकिने र अन्य विकल्पहरुको खोजी गर्नुपर्ने कार्यदलका सदस्यहरुले बताए ।

    source: ekantipur, 30 april 2020
    READ ALSO:

    Free Online Class/ Courses for Grade KG to 5, Grade 6 to 12





    Followers